चलचित्र “गाउँ आएको बाटो”
" गाउँ आएको बाटो" निकै राम्रो सामाजिक चलचित्र बनेको रहेछ । वास्तबमा गएको दुई दशकमा "पशुपति प्रसाद" , " जात्रा" , र "कागबेनी" पछि माटो सुहाउदो चलचित्र "गाउँ आएको बाटो" हेरियो । त्यो पनि बिशेष अनुरोधमा परदेशी सुनीमाया घरमा । वास्तबमा यी चलचित्र हेरे पछि लाग्यो अब नेपालमा Film industry ले नयाँ गोरेटो कोरेको महसुस भयो । " गाउँ आएको बाटो" हेरे पछि मेरो अनुभव यस्ता छन्: १. हजारौं वर्ष देखि नेपालका पुराना ज्ञान र शीप परिवार र समाजबाट सिकेर बच्न सिकेको अनुभव यो राई माइलाको जीवनीसँग समागम भएको थियो । २. निगाला , लिबाँस र बाँसको चोया काडेर डोको , स्यागु , छाचुर जस्ता दैनिक जीवन चलाउने उत्पादन गरि बटौली बजार बेच्न लगेको र तराइमा घर - घर डुलाएर बेचेको यथार्थ जीवनसँग जोडिएको थियो । ३. बजारमा बेच्न लगेको सामान बिक्रि नहुदा उतै उधारो छोडेर फर्केको वा कहिले मेहनत पनि नउठ्ने गरि संस्तैमा बेचेर थोरै नुन , मसला अनि केहि अरु समान किनेर घर फर्केको आफ्नै यथार्थ घटनासँग मेल खाएको थियो । ४. फोस्राको पटुवाको नाम्...